काठमाडौं । पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण लेवान्डोस्कीले इंग्ल्यान्डसँगको खेल गुमाउने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ ।
विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्कीले चोट बोकेका हुन् । जुन खेल पोल्याण्डले ३-० ले जितेको थियो । उनले दुई गोल गरेका थिए ।
पोल्याण्डको एफएले उनी १० दिन मैदान बाहिर रहने बताएका छन् । पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दैछ ।
समूह आई मा रहेको पोल्याण्ड २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ खेलमा २ जितसहित ४ अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १७ मंगलवार
Comments