काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् ।
म्यानचेस्टर सिटीले फरवार्ड अग्युरोले सिजनको अन्त्यपछि क्लब छाड्ने जनाएको छ ।
अर्जेन्टिनाका अग्युरोको सिटीसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिदैछ । र, अग्युरोले क्लबसँगको सम्झौता नवीकरण गरेका छैनन् ।
३२ वर्षीय अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । अग्युरोले सिटीका लागि ३ सय ८४ खेलमा २ सय ५७ गोल गरेका छन् ।
प्रिमियर लिगमा उनले १ सय ८१ गोल गरेका छन् ।
अग्युरो सन् २०११ मा एट्लेटिको मड्रिडबाट सिटीका आएका थिए । कीर्तिमानी गोलकर्ता अग्युरोले सिटीका लागि ४ प्रिमियर लिगको उपाधि जितेका छन् । यस्तै एक एफए कप, दुई कम्युनिटी शिल्ड र पाँच लिग कप जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १७ मंगलवार
Comments