काठमाडौं । इटालीले फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बुल्गेरियालाई २-० गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो । इटालीको जितमा आन्द्रे बेलोट्टी र मानुएल लोकाटेलीले एक एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा बेलोट्टीले पेनाल्टीमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।
जितसँगै समूह सी को इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ ।
बुल्गेरियाको लगातार दोस्रो हार हो । अंक विहीन बुल्गेरिया पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्विजरल्याण्डले लिथुनियालाई १-० ले हराएको छ । स्विजरल्याण्ड २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७७ चैत्र १६ सोमवार
Comments