काठमाडौं । जर्मनीले फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले साँघुरो जित निकालेको हो ।
जर्मनीको जितमा सर्जी गनाब्रीले निर्णायक गोल गरे । उनले खेलको १७ औं मिनेटमा काइ हाभर्टजको पासमा गोल गरेका थिए ।
यस जितसँगै जर्मनी समूह जेको शीर्ष स्थानमा रहेको छ । जर्मनीले २ खेलमा ६ अंक जोडेको छ । रोमानिया २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा अर्मेनियाले आइसल्याण्डलाई २-० ले हराएको छ । अर्मेनिया २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १६ सोमवार
Comments