काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्र र मनोहरा युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
समाज कल्याण र मनोहराबीचको खेल बिहान ११:०० बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा स्वयम्भु क्लब र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
स्वयम्भु र सानेपाबीचको खेल दिउसो २ बजे सुरु हुनेछ । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली बी डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
प्रकाशित मितिः २०७७ चैत्र १४ शनिवार
Comments