काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा नेदरल्यान्ड्स पराजित भएको छ ।
बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स टर्कीसँग ४-२ गोल अन्तरले पराजित भएको हो । टर्कीको जितमा बुराक यिलमजले ह्याट्रिक गरे । हाकनको नमम एक गोल रह्यो ।
नेदरल्यान्ड्सका डेभि क्लासेन र लुक डी जङ्गले एक एक गोल फर्काए । खेलको १५ औं मिनेटमा यिलमजले गोल गर्दै टर्कीलाई अग्रता दिलाए ।
३४ औं मिनेटमा यिलमजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा टर्कीको अग्रता २-० को बन्यो । खेलको ४६ औं मिनेटमा हाकनले गोल गरेपछि टर्कीले ३-० को अग्रता बनायो ।
खेलको ७५ औं मिनेटमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-१ को स्थितिमा ल्याए । खेलको ७७ औं मिनेटमा लुकले गोल गरेपछि नेदरल्यान्ड्सले खेल ३-२ को स्थितिमा ल्याए ।
तर, खेलको ८१ औं मिनेटमा यिलमजले व्यक्तिगत तेस्रो गोल गर्दै टर्कीलाई ४-२ को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा नेदरल्यान्ड्स मेम्फिस डीपेले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस जितसँगै समूह जीको टर्कीले ३ अंक जोडेको छ । नेदरल्यान्ड्सले भने हारबाट छनौटको सुरुवात गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १२ बिहिबार
Comments