काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर क्लब र सानोगौचरण युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
महाबिर र सानोगौचरणबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा विरगंज युनाईटेड क्लब र सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विरगंज र सामाजिकबीचको खेल दिउसो ३ बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली बी डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
प्रकाशित मितिः २०७७ चैत्र ११ बुधबार
Comments