काठमाडौं । स्ट्राइकर रोमेलु लुकाकु विश्वकप छनोटका लागि बेल्जियमको टिममा सामेल भएका छन् ।
कोरोना भाईरसको नतिजा नेगेटिभ आएपछि लुकाकु राष्ट्रिय टिममा सामेल भएका हुन् ।
इटालियन क्लब इन्टर मिलानका ४ खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्ट्राइकर लुकाकु टिममा सामेल भएका थिएनन् । कोरोनाकै कारण इन्टर र सासोउलोबीचको खेल स्थगित भएको थियो ।
विश्वकप छनोटमा बेल्जियमले बुधबार वेल्ससँग खेल्दैछ । यस्तै शनिबार चेक रिपब्लिकसँग खेल्दा आगामी मंगलबार बेलारुससँग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १० मंगलबार
Comments