काठमाडौं । एफए कप सेमिफाइनल समीकरण पूरा भएको छ। चेल्सी, म्यानचेस्टर सिटी, लेस्टर सिटी र साउथह्याम्पटन सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र साउथह्याम्पटन खेल्नेछन्। आइतबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० ले हराएको हो।
लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो । यस्तै, शुक्रबार राति भएका खेलमा साउथह्याम्पटनले ब्रोनमाउथलाई ३–० ले साथै म्यानचेस्टर सिटीले इभर्टनलाई २–० ले हराएका थिए।
प्रकाशित मितिः २०७७ चैत्र ९ सोमबार
Comments