काठमाडौं । इटालियन सिरीए फुटबलमा साविक विजेता युभेन्ट्स घरेलु मैदानमै पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १–० ले पराजित भएको हो ।
बेनेभेन्टोका लागि एडोल्फो गाइचले निर्णायक गोल गरे । खेलको ६९ औं मिनेटमा एडोल्फोले निर्णायक गोल गरेका हुन् ।
पराजयसँगै युभेन्ट्स तेस्रो स्थानमा नै रहेको छ । युभेन्ट्सले २७ खेलमा ५५ अंक जोडेको छ ।बेनेभेन्टो २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७७ चैत्र ९ सोमबार
Comments