काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिया बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा सेभिया रियल भालाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । भालाडोलिडको मैदानमा अन्तिम समयमा गोलकिपर यासिन बोउनोउले गोल गरेपछि सेभियाले बराबरी खेलेको हो ।
खेलको ४४ औं मिनेटमा फाबियन ओरेल्लानाले पेनाल्टीमा गोल गर्दै भालाडोलिडलाई १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा यासिन बोउनोउले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै सेभियाले २८ खेलमा ५५ अंक जोडेको छ । सेभिया लिगको चौंथो स्थानमा रहेको छ । भालाडोलिड २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र ८ आइतबार
Comments