काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा ब्राइटनले न्युकासल युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनलाई जित दिलाउन लिन्ड्रो ट्रोसर्ड, ड्यानी वेलब्याक र निल माउपेले एक एक गोल गरे । घरेलु मैदानमा पहिलो हाफको इन्जुरी समयमा लिन्ड्रोले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा वेलब्याकले गोल गर्दै ब्राइटनलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई ३-० को जित दिलाए ।
जितसँगै ब्राइटनले २९ खेलमा ३२ अंक जोडेको छ । ब्राइटन लिगको १६ औं स्थानमा रहेको छ । न्युकासल २८ अंक जोडेर १७ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र ८ आइतबार
Comments