काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानेपा युथ क्लब र सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। समूह बी मा रहेका सानेपा र सामाजिकबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
आज सानेपा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा सानेपा विरगंज युथ युनाइटेडसँग पराजित भएको थियो । सामाजिक भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा सामाजिकले स्वयम्भु क्लबलाई हराएको थियो ।
यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र सानोगौचरण युथ क्लबबीच खेल हुनेछ । मनोहरा र सानोगौचरणबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
मनोहरा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । सानोगौचरण भने पहिलो जितको खोजीमा रहेको छ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली बी डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
प्रकाशित मितिः २०७७ चैत्र ६ शुक्रबार
Comments