काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले बंगलादेशविरुद्धको पहिलो एकदिवसीय गुमाउने भएका छन् ।
टेलरले हामस्ट्रिंग चोटको कारण पहिलो एकदिवसीय गुमाउने भएका हुन् । न्युजिल्याण्ड क्रिकेटले टेलरले पहिलो खेल गुमाउने पुष्टि गरेको छ ।
टेलरले चोट बोकेपछि न्युजिल्याण्डले पहिलो एकदिवसीयका लागि मार्क चाम्पम्यानलाई टिममा बोलाएको छ । २६ वर्षीय चाम्पम्यानले न्युजिल्याण्डका लागि ६ एकदिवसीय खेलेका छन् ।
न्युजिल्याण्डले टेलर दोस्रो खेलबाट भने टिममा फर्कने विश्वास लिएको छ । न्युजिल्याण्डले घरेलु मैदानमा बंगलादेशसँग तीन खेलको एकदिवसीय सिरीज खेल्दैछ ।
पहिलो एकदिवसीय शनिबार हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार
Comments