काठमाडौं । इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले विश्वकप छनोट अन्तर्गतका तीन खेल गुमाउन सक्ने भएका छन् ।
चोटका कारण गोलकिपर पिकफोर्डले यसै महिना हुने छनोटका तीन खेल गुमाउने भएका हुन् ।
गोलकिपर पिकफोर्डको मसल्स इन्जुरी रहेको बताईएको छ । २७ वर्षीय पिकफोर्डले शनिबार राति बर्नलीविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा एभर्टन बर्नलीसँग २-१ ले पराजित भएको थियो ।
विश्वकप छनोटमा इंग्ल्यान्डले यसै महिना सान मारिनो, अल्बानिया र पोल्याण्डसँग खेल्नेछ ।
यस्तै उनले एफए कपको क्वाटरफाइनल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने छन् ।
प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार
Comments