काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
एन्फाले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । मार्च २३ मा बंगलादेश र किर्गिस्तानबीचको खेलबाट प्रतियोगिताको सुरुवात हुनेछ ।
मार्च २५ मा नेपालले किर्गिस्थानसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । मार्च २७ मा नेपालले बंगलादेशसँग खेल्नेछ ।
दशरथ रंगशालमा हुने प्रतियोगिताका सबै खेल साँझ साढे ५ बाट हुने छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मितिः २०७७ चैत्र ३ मंगलबार
Comments