काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुने सी लिग एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
लिगको पहिलो दिन दुई खेलहरु हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच अपरान्ह १२ः३० बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।
यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् । सुपर सिक्सको शीर्ष ३ टोली बी डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
प्रकाशित मितिः २०७७ चैत्र ०१ आइतबार
Comments