काठमाडौं । कतार ओपन टेनिसको उपाधि चेक गणतन्त्रकी पेट्रा केभिटोभाले जितेकी छिन् । फाइनलमा स्पेनकी गारबिनी मुगुरुजालाई सोझो सेटमा हराउँदै उनले उपाधि उचालिन् । दोहामा भएको खेलमा पेट्राले मुगुरुजालाई ६–२ र ६–३ को सेटमा हराएकी थिइन् ।
दुई पटककी विम्बल्डन च्याम्पियन पेट्राले सन् २०१८ को फाइनलमा पनि मुगुरुजालाई नै हराएकी थिइन् । पछिल्लो चार बर्षमा पेट्रा तीन पटक दोहामा फाइनलमा पुगेकी छिन् । गत बर्ष उनी एरीना साबालेन्कासँग पराजित भएकी थिइन् ।
मुगुरुजाविरुद्ध जित निकाल्ने क्रममा एक घण्टा ६ मिनेट कोर्टमा विताएकी पेट्राले चार वटा सर्भिस ब्रेक गरेकी थिइन् । उनको करियरको २८ औं डब्लुटीएको उपाधि हो । एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन २३ आइतबार
Comments