काठमाडौं । सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने भएका छन् । पाकिस्तानी सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट खेल्न पाकिस्तान पुगेका सन्दीप प्रतियोगिता नहुने भएकाले नेपाल फर्कदै छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमको अयोजना गर्दै सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गर्ने जनाएको हो । त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट (शनिबार) सुरु हुँदै छ ।
प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका चार टोली र बाँकी प्रदेशको एक टोली मिलाएर काठमाडौं–११ को टोली घोषणा गरिएको थियो । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार
Comments