बुटवल । रुपन्देहीको बुटवलमा सम्पन्न चौंथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक राना र प्रेरणा कोइरालाले जितेका छन् । मंगलबार भएको प्रतिशपर्दामा उनीहरुले उपाधि हात पारेका हुन् । पुरुषतर्फको फाईनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै रितिकले उपाधि चुमे । यसैगरी महिला सिगलको उपाधि प्रेरणाले जितिन् । उनले फाईनलमा अभिलाषा विष्ट विरुद्ध ६-३, ६-१ को सेटमा जित निकाल्दै हात पारिन् ।
यसैगरि ३५ प्लसमा कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६-२, ६-० को सेटमा पराजित गर्दै जित निकाले । बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन् । यसैगरि ४५ प्लसमा चन्द्र शाहि (यु एण्ड मि) ले धर्म लामिछानेलाई ६-४ , ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे। यसैगरी ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६-७, ६-२, १०-२ को सेटमा जित निकाले ।
प्रकाशित मितिः २०७७ फागुन १८ मंगलबार
Comments