काठमाडौं । एसियाली टेबल टेनिस युनियन (एटीटीयू) को ‘एइम फर द स्टार्स’ कार्यक्रम अन्तर्गत बुटवलमा एक साता लामो ‘राष्ट्रिय जुनियर क्याम्प’ बिहीबारदेखि शुरु भएको छ ।
आगामी १९ सम्म संचालन हुने एक साता लामो प्रशिक्षण कार्यक्रममा २९ जना जुनियर खेलाडीको सहभागिता रहेको छ । एटीटीयुका प्रशिक्षक अन्सुल गर्गले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
उनलाई नेपालका तीन जना प्रशिक्षक सन्ध्या शाक्य, राजेन्द्र श्रेष्ठ र महेश खनालले प्रशिक्षणमा सहयोग गरेका छन् । बुटवल उप-महानगरपालिकाका मेयर विशराज सुवेदीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् ।
त्यस अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दर राजबैद्य र रूपन्देही टेबल टेनिस संघका अध्यक्ष सुरेन्द्रमान शाक्यको पनि सहभागीता थियो । नेपालले ‘एइम फर द स्टार्स’ कार्यक्रम पाएको यो तेस्रो पटक हो ।
अध्यक्ष बैद्यकाले यसप्रकारको कार्यक्रमकाले नेपालका युवा तथा प्रतिभावान टेबल टेनिस खेलाडीले कम समयमा पनि धेरै सिक्ने अवसर पाउने छन् । ‘यसपल्ट बुटवलमा कार्यक्रम हुँदा मोफसलका युवा खेलाडीले समेत मौका पाएका छन्,’ अध्यक्ष बैद्यले भने ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments