काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नयाँबस्तीको जितमा सचु गुरुङ र अबय धिमालले एक एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए । खेलको आठौं मिनेटमा सचुको गोलबाट नयाँबस्तीले अग्रता बनाएको थियो ।
खेलको ५७ औं मिनेटमा भुपालले पेनाल्टीमा गोल गर्दै मध्यपुरलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७९ औं मिनेटमा अबयले गोल गर्दै नयाँबस्तीलाई २-१ को जित दिलाए ।
कोरोना भाईरसको महामारीको कारण गत वर्षको चैतबाट रोकिएको बी लिग एन्फाले पुनस् सुरु गरेको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments