काठमाडौं । तेश्रो बरियताकी टेनिस खेलाडी नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको फाइनल प्रवेश गरेकी छिन् । मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा उपाधिको थप एक खुड्किलो नजिक पुग्न ओसाकाले १० औं बरियताकी सेरेनालाई ६–३ र ६–४ को सेटमा पराजित गरिन् ।
यससँगै सात पटककी च्याम्पियन सेरेनाको यसपटकको अस्ट्रेलियन ओपनको यात्रा सेमिफाइनलमै समाप्त भएको छ । पराजयसँगै सेरेनाको भने कीर्तिमानी २४ औं पटक ग्राण्डस्लाम जित्ने योजना पनि तत्काललाई पूरा हुन सकेन ।
उपाधिका लागि ओसाकाले कारोलिना मुचोभा र जेनिफर ब्राडीमध्ये एकजनासँग खेल्नेछिन् । ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् ।
प्रकाशित मितिः २०७७ फागुन ६ बिहीबार
Comments