काठमाडौं । टिमो भेर्नरले १४ खेलदेखिको गोलको खडेरी तोडेपछि चेल्सि न्युक्यासल माथि जीत हात पार्दैैै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराती भएको खेलमा न्युक्यासललाई दुइ शून्य गोलले हरायो । ३१ औं मिनेटमा भेर्नरको क्रसमा ओलिरभ जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । जिरुड टमी अब्राहम चोटग्रस्त भएपछि २० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । ३९ औं मिनेटमा भेर्नरले गोल गरेपछि चेल्सी पहिलो हाफमा दुइ शून्यले अघि रहेको थियो ।
भेर्नले एक हजार मिनेट, ३१ प्रयास र १४ खेलपछि गोल गरेका हुन् । उनले पछिल्लो पटक गत नोेभम्बर सातमा शेफिल्ड युनाइटेड विरुद्ध गोल गरेका थिए । दोस्रो हाफमा गोल नगरेपनि थोमस टुखेलको टोली विरुद्ध न्युक्यासलले पुनरागमन गर्न सकेन । चेल्सी २४ खेलबाट ४२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । २५ अंक जोडेको न्युक्यासल १७ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन ४ मंगलबार
Comments