इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको चेल्सीले अंक तालिकामा ८ अंकको अग्रता कायम राखेको छ। लिग अन्तर्गत गए राति भएको खेलमा हल सिटीलाई २–० ले हराउँदै चेल्सी दोस्रो स्थानको आर्सनलभन्दा ८ अंकले अगाडि रहेको हो। चेल्सीको जितमा डिएको कोस्टा र ग्यारी काहिलले एक-एक गोल गरेका थिए। यो खेलमा जित निकाल्दै शीर्ष स्थानको चेल्सीको २२ खेलबाट ५५ अंक भएको छ । दोस्रो स्थानको आर्सनलको ४७ अंक छ । १६ अंकसहित हल सिटी पुछारबाट दोस्रो स्थानमा छ ।
चेल्सीको अग्रता कायम
0
Share.
Comments