काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
कतारको अहमेद विन अली स्टेडियममा बिहीबार राति भएको फाइनल खेलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
बायर्नका लागि बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा पाभर्डले निर्णायक गोल गरेका थिए ।योसँगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएको छ ।
प्रकाशित मितिः २०७७ माघ ३० शुक्रबार
Comments