काठमाडौं । राष्ट्रिय महिला लिगमा अहिले अपराजित टिम एपीएफले चन्द्रपुरसँग प्रतिस्पर्धा गरिरहेको छ । जसमा पहिलो हाफ सकिँदा एपीएफले तीन शुन्यको अग्रता बनाएको छ ।
सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलमा सावित्रा भण्डारीले पहिलो हाफमा नै दुई गोल गरिन भने अनिता बस्नेतले एक गोल गरिन । त्यसपछि छैटौं मिनेटमा एपीएफले दोस्रो गोल गर्यो । यसपटक सावित्रा भण्डारीले गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखिन ।
त्यसपछि ३२ औं मिनेटमा एपीएफले पाएको फ्रिकिकमा सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै टिमलाई तीन शुन्यले अगाडी राखिन । जारी लिगमा सावित्राको गोल संख्या एक्लैको ३४ पुगेको छ ।
आजको खेलमा एपीएफ विजयी भएमा लगातार आठ खेलसम्म अपराजित रहनेछ भने दोस्रो स्थानको आर्मीसँगको दुरी पाँच अंकमा पुर्याउनेछ ।
प्रकाशित मितिः २०७७ माघ २८ बुधबार
Comments