काठमाडौं । इन्टर मिलानलाई पराजित गर्दै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टरलाई समग्रमा २–१ ले पराजित गर्दै युभेन्ट्स फाइनलमा प्रवेश गरेको हो ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । तर, पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल प्रवेश गरेको हो । अब उपाधिको लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग मे १९ मा खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ माघ २८ बुधबार
Comments