काठमाडौं । नेपाली स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट आईलिग खेल्ने भएका छन्। यसअघि मोहम्मेडनमा रहेका अभिषेकले सामाजिक सञ्जालमार्फत आइजोलमा आबद्ध भएको जानकारी गराएका हुन्।
आगामी यात्राको रूपमा बाँकी सिजन भारतीय आई लिग क्लब आइजोलसँग आवद्ध भएको यहाँहरुलाई जानकारी गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाँकी सिजनमा अझै मेहनत गर्दै आफ्नो तर्फबाट क्लबलाई शत प्रतिशत दिदै राम्रो नतिजाका लागि सहयोग गर्छु।’
यसअघि मोहम्मेडनबाट क्वालिफायर्स खेलेका उनले दुई गोल गरेका थिए। हाल उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन्।आईलिगमा आइजोल पाँच खेलबाट ८ अंक जोड्दै ८ औं स्थानमा छ।
प्रकाशित मितिः २०७७ माघ २६ सोमबार
Comments