कास्की, ८ माघ । पोखरा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा आयोजक साहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो क्वाटरफाइनलमा युनाइटेड सिक्किम फुटबल क्लब, भारतलाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हराउँदै साहारा सेमिफाइनल प्रवेश गरको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि खेल अतिरिक्तमा पुगेको थियो । त्यसमा पनि दुबै पक्षबाट गोल हुन नसकेपछि खेलको हारजित ट्राइब्रेकरबाट टुंगो लागेको हो ।
ट्राइब्रेकरमा साहाराको तर्फबाट उत्तम गुरुङ्ग, रमेश मगर, शिव सुवेदी र सुशन गुरुङ्गले गोल गरे भने सिक्किमको तर्फबाट सञ्जय क्षेत्री र फुर्वा छिरिङ्ग भुटियाले गोल गरेका थिए ।
साहारा क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश
0
Share.
Comments