एजेन्सी, ८ माघ । सेरेना विलिएम्स र एकातेरिना माकारोभा, अष्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश प्रवेश गरेका छन् ।
आज बिहान भएको खेलमा अमेरिकाकी दोस्रो बरियाताकी विलिएम्सले आफ्नै देशकी निकोल गिब्सलाई पराजित गर्दै प्रिक्वारटफाइनलमा प्रवेश गरेकी हुन् । पहिलो सेट ६–१ ले जितेकी सेरेनाले दोस्रो सेटमा समेत ६–३ को सहज जित निकालिन् । ३० औं बरियाताकी रसियन खेलाडी माकारोभाले छैठौ बरियाताकी डोमिनिका सिबुल्कोभामाथि ६–२, ६–७ र ६–३ को संघर्षपूर्ण जित निकालिन् ।
चौधौं बरियाताकी एलिना भेस्निनालाई ७–६ र ६–२ ले पराजित गर्दै १ सय १६ औं बरियाताकी जेनिफर ब्राडी र २१ औं बरियाताकी क्यारोलिना गार्सियालाई ६–२ र ७–५ ले पराजित गर्दै चेकरिपब्लिककी बारबोरा स्ट्रीकोभाले पनि प्रिक्वाटरफाईनलमा स्थान बनाए ।
क्रोएसियाकी मिर्जना लुसिक बारोनीले ग्रिसकी मारिया सक्कारीलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरिन् । पुरुष एकल तर्फ आ–आफ्नो खेलमा विजयी हुँदै बेलायती एण्डी मुरे, स्विस रोजर फेडेरर र स्टेनिसलस वावरिन्का, जापानका केई निसिकोरी, फ्रान्सका जो वेल्फ्रेड सोङ्गा, इटलीका एण्ड्रेस सेप्पी, जर्मनी मिस्चा भेरभेभ र बेलायती डेनियल इभान्सले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।
सेरेना र माकारोभा अष्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश
0
Share.
Comments