काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । बुधबार राति आफ्नै मैदानमा चेल्सीले वुल्भ्ससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । र, गोलविहीन बराबरी खेल्दै एक–एक अङ्क बाँडे ।
यससँगै नवनियुक्त प्रशिक्षक थोमस टुचेलले चेल्सीमा निराशाजनक सुरुआत गरेका छन् । पिएसजीका पूर्वप्रशिक्षक टुचेल हालै मात्र फ्रान्क लाम्पार्डको स्थानमा चेल्सी आएका हुन् । चेल्सीले लाम्पार्डलाई बर्खास्त गर्दै उनलाई मुख्य प्रशिक्षक बनाएको हो ।
बराबरीसँगै चेल्सी आठौं स्थानमा उक्लिएको छ । उसले २० खेलमा ३० अङ्क जोडेको छ । वुल्भ्स भने २३ अङ्कका साथ १३औं स्थानमा छ ।
प्रकाशित मितिः २०७७ माघ १५ बिहिबार
Comments