काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा लियोनल मेस्सीसहितको गोलको सहयोगमा जित निकाल्दै बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गरेको हो । घरेलु टोली भालेकानोका लागि ६३ औँ मिनेटमा गार्सिया टोरेसले गोल गरेर सुरुवाति अग्रता दिलाए ।
प्रतिबन्ध सकिएपछिको पहिलो खेलमा मेस्सीले ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।
मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए । जोर्डी अल्बाको सहयोगमा ८० औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेका हुन् ।
अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई ३–० तथा अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ माघ १५ बिहिबार
Comments