काठमाडौँ । अर्जेन्टिनाका पूर्वगोलकिपर ह्युगो ओर्लान्ड गाट्टीले आफ्नै राष्ट्रका स्टार फुटबलर लियोनल मेस्सीको आलोचना गरेका छन् । कप्तान मेस्सी नखेलेका सबै खेलमा बार्सिलोना विजयी हुने भन्दै गाट्टीले उनको आलोचना गरेका हुन् ।
७६ वर्षीय गाट्टी प्रायः मेस्सीको आलोचना गरिरहन्छन् । एकै देशका भए पनि उनी मेस्सीको प्रदर्शनको विषयमा आलोचनामा उत्रिरहन्छन् । यस्तैमा मेस्सीविना मैदान उत्रिएको बार्सिलोनो इल्चेमाथि जित निकालेपछि गाट्टी फेरि आलोचनामा उत्रिएका छन् ।
शनिबार राति बार्सिलोनाले इल्चेलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । जसमा फ्रेन्की डी योङ र रिक्की पुगले गोल गरेका थिए । प्रतिबन्धका कारण अर्जेन्टिनी स्टार मेस्सी सो खेलमा उपस्थित थिएनन् ।
‘जहिल्यै पनि मेस्सी नखेलेको खेलमा बार्सिलोनाले जित्छ, किनकि अरू बलिया प्रतिद्वन्द्वीसँग पनि उनीहरूले बराबरी गर्न सक्छन्’, गाट्टीले एल चिरिङ्गुइटोसँगको कुराकानीमा भने, ‘फुटबल भनेको जितको बारेमा हुन्छ र यदि तपाईं राम्रो खेल्नुहुन्छ भने राम्रो हुन्छ । सबै समय मेस्सी नहुँदा बार्सिलोना विजयी हुन्छ । विगतले यसै भन्छ ।’
प्रकाशित मितिः २०७७ माघ १३ मंगलबार
Comments