काठमाडौँ । इटालियन सुपर कप (सुपरकोपा इटालियाना)को फाइनल खेल आज हुँदैछ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने उक्त खेलमा सर्वाधिक धेरै पटकको विजेता युभेन्टसले नापोलीको सामना गर्दैछ ।
इटालीस्थित मापेइ स्टेडियममा हुने फाइनल खेलमा युभेन्टस र नापोली दुवै एक–अर्कामाथि जित निकाल्दै सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछन् । युभेन्टस सर्वाधिक धेरै पटकको इटालियन सुपर कपको विजेता हो । उसले आठ पटक उपाधि जितेको छ ।
यता, नापोली भने दुई पटकको सुपर कप विजेता टोली हो । अघिल्लो संस्करणको विजेता भने लाजियो हो । लाजियोले युभेन्टसलाई हराउँदै उपाधि जितेको थियो ।
सुपर कोपा इटालियानाको उपाधिका लागि अघिल्लो सिजनको सिरी ‘ए’ विजेता र कोपा इटालियाको विजेताले खेल्छन् । युभेन्टस सिरी ‘ए’को साविक विजेता हो भने कोपा इटालियाको अघिल्लो सिजनको विजेता नापोली हो । एजेन्सी
प्रकाशित मितिः २०७७ माघ ७ बुधबार
Comments