काठमाडौं । इंग्ल्यान्ड महिला फुटबल टिमका मुख्य प्रशिक्षक फिल नेभिल अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब मियामीले नेभिललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । ४३ वर्षीय नेभिल इंग्ल्यान्डको टिम छाडेर मियामीको मुख्य प्रशिक्षक बनेका हुन् ।
उनि सन् २०१८ मा इंग्ल्यान्डको महिला टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेभिल अमेरिका लागेपछि इंग्ल्यान्डले सरिना विगम्यानलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
यस अघि मियामीको मुख्य प्रशिक्षकमा डिएगो अलन्सो रहेका थिए । तर, डिएगोले क्लबसँगको सहमतिमा क्लब छाडिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ माघ ६ मंगलबार
Comments