काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा वाटफोर्डमाथि १–० गोलको जित निकाल्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो ।
युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा घरेलु टिमलाई जिताउन एक मात्र गोल स्कट टोमिनेले गरे । खेलको पाँचौं मिनेटमा उनले गरेको गोल नै टोलीलाई जिताउन निर्णायक बन्यो । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष २६ आइतबार
Comments