काठमाडौं । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले आरबी लेइपिजलाई हराएको छ । शनिबार राति भएको खेलमा डर्टमुण्डले लेइपिजमाथि ३–१ गोलको जित दर्ता गरेको हो ।
लेइपिजको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५५औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै डर्टमुण्डलाई सुरुआती अग्रता दिलाए ।
७१औं मिनेटमा इयर्लिङ ब्राउल्ट हालाण्डले गोल गरेपछि डर्टमुण्डले दोब्बर अग्रता बनायो । हालाण्डले पुनः ८४औं मिनेटमा गोल गर्दै डर्टमुडलाई ३–० गोलको अग्रता दिलाए ।
८९औं मिनेटमा लेइपिजका एलेक्जेन्डर सर्लथले एक गोल फर्काएका थिए । यससँगै चौथो स्थानको डर्टमुण्डले १४ खेलमा २८ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको लेइपिजसँग ३१ अङ्क छ । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष २६ आइतबार
Comments