काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा भोलि (शनिबार) बाट सुरु हुने प्रभातेश्वर पुरुष भलिबल कपको तालिका सार्वजनिक गरिएको छ। महामारीका कारण लामो समयसम्म रोकिएको खेल चलायमान गराउने क्रममा भोलिबाट खेल सुरु गर्न लागिएको आयोजकले बताएको हो।
खेल तालिकाअनुसार १६ टिमलाई चार समूहमा बाँडेर प्रतियोगिता गर्ने आयोजकले बताएको छ। समूह ए मा दिप्तेश्वर गाउँपालिका, आरजी भलिबल ग्रुप, बूढानिलकण्ठ भलिबल सेन्टर र श्री शान्त सेकेन्डरी स्कुल पोखरा परेका छन्।
समूह बी मा फाइभ स्टार युथ क्लब, गीताञ्जली कलेज, सिटी स्पोर्टस् र आरआर कलेज काठमाडौं छन्। यस्तै समूह सी मा आयोजक प्रभातेश्वर स्पोर्टस् क्लब, एमभीटीसी बसपार्क, देउराली युवा जागरण क्लब र मुगु रारा युथ क्लब छन्।
समूह डी मा महाकाल भलिबल क्लब चन्द्रागिरि, ढोरपाटन क्लब, केएस युवा क्लब र एमभीटीसीको बी टिम छन्।समूह चरणका खेल आगामी २९ गतेसम्म हुनेछ, जसमा सबै समूहका विजेता र उपविजेता टिम क्वार्टरफाइनलमा सहभागी हुनेछन्। फाइनल खेल माघ ३ गते हुनेछ।
प्रतियोगिताको विजेताले एक लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रूपैयाँ पाउने छ। त्यस्तै तेस्रो र चौथो हुनेले क्रमशः २५ हजार र १० हजार रूपैयाँ पाउने छन्।
प्रकाशित मितिः २०७७ पौष २४ शुक्रबार
Comments