काठमाडौं, ४ माघ । नेपाल पुलिस क्लबले रुस्लान कप क्रिकेटको उपाधि जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
उपाधिसँगै पुलिसले ३ लाख रुपैयाँ हात पारेको छ । उपबिजेता बनेको आर्मीले भने आर्मीले २ लाखमा चित्त बुझाएको छ । यसअघिको संस्करणको फाइनलमा पनि आर्मी पुलिससँगै पराजित भएको थियो ।
आज कीर्तिपुरमा उपाधिका लागि आर्मीले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पुलिसले अन्तिम ओभरको खेल अघि ६ विकेट गुमाएर भेट्टाएर उपाधी जितेको हो । पुलिसका लागि दिपेन्द्र ऐरीले अविजित ४२ रनले बनाए भने कुशल भुर्तेलले ३४ र दिलिप नाथले २४ रन जोडे ।
विक्रम शोव र जितेन्द्र मुखियाले २–२ विकेट लिए भने अभिनाश कर्णले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धाति २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । आर्मीका लागि विनोद भण्डारीले ४० रन बनाए भने राजेश पुलामीले ३८ रन जोडे । यस्तै नरेश बुढायरले २८ रनको योगदान गरे ।
पुलिसका ललित भण्डारी र ललित राजवंशीले २–२ विकेट लिए । प्रतियोगितामा सागर पुन उत्कृष्ट ब्याट्सम्यान र जितेन्द्र मुखिया उत्कृष्ट बलर बने । म्यान अफ दि सिरिजको उपाधि सुनिल धमलाले जिते ।
रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई
0
Share.
Comments