काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्टमा बलियो सुरुवात गरेको छ । सिड्नीमा वर्षाले प्रभावित टेस्टको पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले २ विकेट गुमाएर १६६ रन बनाएको छ । अस्ट्रेलियाका मार्नुस लेबासचेन ६७ र स्टिभ स्मिथ ३१ रन बनाएर खेलिरहेका छन् ।
यस्तै टेष्टमा डेब्यु गरेका ओपनर विल पुकोभ्स्कीले ६२ रन बनाए । यश सिरिजमा पहिलो खेल खेलिरहेका डेभिड वार्नर ५ रनमा आउट भए । भारतका मोहमद सिराज र नवदीप सैनीले १/१ विकेट लिए । सैनीले यसै खेलबाट टेष्टमा डेब्यु गरेका हुन् ।
प्रकाशित मितिः २०७७ पौष २३ बिहिबार
Comments