काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेटनहमको उल्भ्ससंग बराबरी खेलेको छ । आईतबार राति टोेटनहमले उल्भ्ससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सुरुवाती पहिलो मिनेटमै टाङ्गे नेडोम्बेलेले पाहुना टोललाई अग्रता दिलाएका थिए । वेन डेभिसको पासमा नेडोम्बेले टोटेनहमका लागि गोल गरेका थिए ।
खेल सकिन चार मिनेट बाँकी छदाँ रोमस सैसले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । खेल पछि टोटनहमका प्रशिक्षक जोसे मौरिन्हो निराश देखिए ।
‘हामी नतिजाबाट दिक्क छौ । हामीले खेल नियन्त्रणमा राख्यौ । हामीसंग थप गोल गर्न ८९ मिनेट थियो । तर हामीले सकेनौ ।’ उनले थपे ।
उल्भ्सविरुद्ध जित निकाल्दै तेस्रो स्थानमा उक्लिने मौका टोटेनहमलाई थियो । तर टिम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोटेनहम म्यान्चेष्टर दुई क्लबको बीचमा बसेको छ । यद्धपी उसले एक खेल बढी खेलेको छ । उल्भ्स २१ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष १३ सोमबार
Comments