काठमाडौ । फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका यु–१७ र यु–२० विश्वकप रद्द गर्ने निर्णय गरेको छ ।
कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय लिएको हो । यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो ।
फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।‘कोभिड–१९ महामारीले अन्तराष्ट्रिय खेल आयोजनाका लागि चुनौती दिएको छ । र अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्धको अवस्था सिर्जना गरेको छ,’ फिफाले भनेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष १० शुक्रबार
Comments