धनगढी १ माघ । धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनल भिडान्त आज हुदैछ । प्रतियोगिताको उपाधिका लागि आज संकटा र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
धनगढी रंगाशालमा दिउँसो हुने खेलमा दुवै टोली आफ्नो कब्जामा पार्ने दाउका साथ मैदान उत्रदैछ । मनाङ दिल्ली युनाईटेडलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै सेमिफाइनलमा सुदुरपश्चिम ११ लाई पराजित गर्दै संकटाले मनाङसँगको उपाधि भिडान्त पक्का गरेको हो । प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
Comments