काठमाडौं । टिम राप्तीले गौतम बुद्ध कपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा टिम नारायणीलाई १० रनले हराउँदै राप्तीले उपाधि जितेको हो ।भारतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको हाताभित्र रहेको नमुना मैदानमा राप्तीले नारायणीलाई जितका लागि १४४ रनको लक्ष्य नारायणीले निर्धारित २० ओभरमा ९ विकेट मात्र १३४ रन बनायो ।
नारायणीका लागि आरिफ सेखले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै रित गौतम र इशान पाण्डेले समान २७-२७ रनको योगदान गरे ।
बलिङतर्फ राप्तीका लागि अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिए । त्यस्तै भुवन कार्कीले दुई विकेट लिँदा जितेन्द्र मुखिया र कमल सिंहले समान एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १४३ बनाएको थियो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै विनोद भण्डारीले नटआउट २८ रन बनाउँदा अमित श्रेष्ठ १८ तथा शरद भेषावकरले १० रन बनाउन सफल भए ।
त्यस्तै बलिङतर्फ नारायणीका लागि साहब आलमले सार्वाधिक तीन विकेट लिए । त्यस्तै सुशन भारीले दुई विकेट लिए ।
प्रकाशित मितिः २०७७ मंसिर ३० मंगलबार
Comments