काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलको ‘ड्र’ आज सार्वजनिक हुँदैछ ।
यूईएफएले आज अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गर्न लागेको हो । ड्र नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे हुनेछ ।
यस पटक अन्तिम १६ मा स्पेनिस र जर्मन क्लबको वर्चश्व रहेको छ । स्पेन र जर्मनीबाट समान ४-४ क्लबले अन्तिम १६ मा स्थान बनाएका छन् ।
त्यस्तै ३-३ इंग्लिस क्लब र इटालियन क्लबले अन्तिम १६ को यात्रा गर्दा थप दुई क्लब भने पोर्चुगिज र फ्रेन्च क्लब रहेका छन् ।
यस सिजन समूह विजेता बन्दै बायर्न म्युनिख, रियल मड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, बोरुसिया डर्टमण्ड, युभेन्ट्स र पीएसजीले अन्तिम १६ मा स्थान बनाए ।
त्यस्तै बार्सिलोना, एट्लेटिको मड्रिड, बोरुसिया मोन्चेनग्लाडवाक, पोर्टो, एटलान्टा, सेभिया, लाजियो र आरबी लाइपजिग उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर २९ सोमबार
Comments