एजेन्सी, २८ पुस । साउथह्यामप्टनले इएफएल कप (लिग कप) फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा साउथह्यामप्टनले लिभरपुललाई १–० ले हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा साउथह्यामप्टनलाई जिताउन २० औं मिनेटमा नाथन रेडमोण्डले गरेको गोल नै निर्णायक बन्यो । प्रिमियर लिगमा शीर्ष स्थानको होडमा रहेको लिभरपुल यो खेलमा भने साउथह्यामप्टनसँग पराजित भयो । लिभरपुलका गोलरक्षक लोरिस कासिउसले पहिलो हाफमा रेडमोण्डका दुई प्रहारको सुन्दर बचाउ गरेका थिए ।
सेमिफाइनलको दोस्रो लेग जनवरी २५ मा लिभरपुलको मैदानमा हुनेछ ।
साउथह्यामप्टनको इएफएल कपको फाइनलमा पुग्ने सम्भावना बलियो
0
Share.
Comments