काठमाडौं । बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार समूह एफको खेलमा लाजियोसंग १–१ गोलको बराबरी खेल्दै डर्टमण्ड प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो ।
डर्टमण्ड मुख्य फरवार्ड ईर्लिङ हालाण्डविरुद्ध मैदान उत्रिएको थियो । उनी यस सिजन च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले ६ गोल गरेका छन् । उनी चोटका कारण डर्टमण्डको टिममा समावेश थिएनन् ।
दोस्रो हाफमा सिरि ए क्लबले बराबरी गोल फर्कायो । कप्तान इम्मोबिलले ६७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
डर्टमण्ड समूह एफबाट १० अंक सहित नकआउट चरण प्रवेश गर्यो । लाजियोलाई अघिल्लो चरण प्रवेश गर्न कम्तिमा एक बराबरी पर्याप्त छ । त्यसका लागि उसले अर्को खेलमा क्लब ब्रुगिससंग अंक खोस्नुपर्नेछ ।
सोही समूहको अर्को खेलमा क्लब ब्रुगिसले जेनिट सेन्ट पिटर्सबर्गलाई ३–० ले पराजित गर्यो । र अघिल्लो चरण प्रवेशको सम्भावना जिवित राख्यो ।
समूहको तेस्रो स्थानको क्लब ब्रुगिसको ७ अंक छ । लाजियो ९ अंक सहित दोस्रो र डर्टमण्ड १० अंक सहित शीर्ष स्थानमा छ । पुछारको पिटसवर्गको मात्र एक अंक छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments