काठमाडौं । न्युजिल्यान्डले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज जितेको छ । आइतबार भएको दोस्रो टी–ट्वान्टी सिरिजमा न्युजिल्यान्डले ७२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो टी–ट्वान्टी खेलमा न्युजिल्यान्डले पाँच विकेटको जित निकालेको थियो । दोस्रो सिरिजमा पनि सहज जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउँदै सिरिज जित्न सफल भएको हो ।
वे ओभलमा न्युजिल्यान्डले दिएको २३९ रनको फराकिलो लक्ष्य पछएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १६६ रन बनाएको हो । वेस्ट इन्डिजका लागि किरन पोलार्डले सर्वाधिक २८ रन बनाए । त्यस्तै केमो पाउलले २६ रन बनाउँदा सिमरोन हेटमायरले २५ रनको योगदान गरे । बलिङतर्फ न्युजिल्यान्डका लागि केले जेमसोन र मिचेल स्ट्रार्कले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३८ रन बनाउँन सफल भयो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले शतकीय पारी खेले । ५१ बल खेलेका उनले १० चौका र ८ छक्काको सहयोगमा १०८ रन बनाए । डेभोन कोन्वेले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ४ चौका र ४ छक्काको सहयोगमा ६५ रन बनाए ।
प्रकाशित मितिः २०७७ मंसिर १४ आइतबार
Comments