काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले आजबाट प्रशिक्षण सुरु गर्ने भएको हो । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ । नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो ।
कोरोना भाइरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन । क्यानले बन्द प्रशिक्षणका लागि २७ खेलाडीलाई बोलाएको छ । तर कोरोना संक्रमणको कारण ४ खेलाडी प्रशिक्षणमा सहभागी हुने छैनन् ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना देखिएको छ । क्यानले प्रशिक्षणका लागि पाँच खेलाडी थप गरेको छ । रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई बन्द प्रशिक्षणको लागि क्यानले टिममा बोलाएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ११ बिहिबार
Comments